बागलुङमा समानुपातिकमा पनि रास्वपा पहिलो
बागलुङ । प्रतिनिधि सभा सदस्यमा बागलुङका दुई वटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक मतमा पनि पहिले बनेको छ।
आइतबार बेलुकी सम्पन्न मत गणना अनुसार रास्वपाले क्षेत्र नम्बर १ मा २२ हजार ८ सय ५९ र क्षेत्र नम्बर २ मा १४ हजार २ सय ६४ मत गरी ३७ हजार १ सय २३ मत ल्याएको छ ।
दोश्रो नेपाली कांग्रेस भएको छ । कांग्रेसले क्षेत्र नम्बर १ मा १० हजार १ सय ८५ र क्षेत्र नम्बर २ मा ११ हजार ३ सय १० गरी २१ हजार ४ सय ९५ मत पाएको हो ।
तेस्रो स्थानमा नेकपा एमाले छ । एमालेले क्षेत्र नम्बर १ मा ७ हजार १ सय ४७ र क्षेत्र नम्बर २ मा ७ हजार १२ गरी १४ हजार १ सय ५९ मत पाएको छ ।
चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) छ । नेकपाले क्षेत्र नम्बर १ मा १ हजार ९ सय १९ र क्षेत्र नम्बर २ मा ७ हजार १ सय ९४ गरी ९ हजार १ सय १३ मत पाएको छ ।
राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर १ मा ३ हजार ५ सय ९७ र क्षेत्र नम्बर २ मा ३ हजार २ सय ३८ गरी ६ हजार ८ सय ३५ मत पाएको हो ।
राप्रपाले क्षेत्र नम्बर १ मा ९ स य ४३ र क्षेत्र नम्बर २ मा २ सय ७४ गरी १ हजार २ सय १७ मत मात्रै पायो । श्रम संस्कृति पार्टीले १४ सय ५ मत पाएको छ ।
प्रत्यक्षतर्फ बागलुङ–१ मा सुुशील खड्का र क्षेत्र नम्बर २ मा सोम शर्मा विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण