मतपरिणाम
प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा, कहाँ कसको अग्रता ?
सोमबार, २५ फागुन २०८२, ०६ : ४२
सारांश
- प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्यो, अब ४ सिटको नतिजा आउन बाँकी छ।
- राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमाले १-१ सिटमा अग्रता लिइरहेका छन्।
- रास्वपाले सर्वाधिक १२४ सिट जितेको छ भने कांग्रेसले १७ र एमालेले ८ सिट जितेका छन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । अब मात्र ४ सिटको नतिजा आउन बाँकी रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले १-१ सिटमा अग्रता बनाइरहेका छन् । रास्वपाले गोरखा-१ मा, नेपाली कांग्रेसले इलाम-१ मा तथा नेकपा एमालेले सङ्खुवासभा-१ मा अग्रता बनाइरहेको छ । धनुषा-१ को भने मत परिणाम हाल सार्वजनिक नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।
हालसम्म रास्वपाले सर्वाधिक १२४ सिट जितिसकेको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १७ तथा एमालेले ८ सिट जितेको छ । नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित चौथो स्थानमा छ ।
श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण