सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समानुपातिक मतगणनामा हालसम्म यी पार्टीले १ हजार मत कटाउन सकेनन्

सोमबार, २५ फागुन २०८२, ०८ : २४
सोमबार, २५ फागुन २०८२

 प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ झण्डै ८० लाख मतगणना सम्पन्न भइसक्दा केही राजनीतिक दलहरूको उपस्थिति निकै कमजोर देखिएको छ।

 निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार मुख्य दलहरूले लाखौँ मत बटुलिरहँदा केही साना दलहरूले भने १ हजार मत समेत पार गर्न सकेका छैनन्।

कुल ७९ लाख ८९ हजार ८७७ मतगणना हुँदा ५ वटा दल १ हजार मतको आँकडाभन्दा तलै खुम्चिएका हुन्। यसरी न्यून मत पाउने दलहरूको सूचीमा सबैभन्दा माथि 'एकल चिन्ह जगर भएको सिंह' लिएर चुनाव लडेका सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल रहेका छन्। यो संयुक्त समूहले हालसम्म ७८५ मत मात्रै प्राप्त गरेको छ।

त्यसैगरी, जनप्रिय लोकतान्त्रिक पार्टीको अवस्था पनि उस्तै देखिएको छ। सो पार्टीले हालसम्म जम्मा ६४४ मत प्राप्त गरेको छ। मितेरी पार्टी नेपालले ५५८ मत बटुलेको छ भने उन्‍नत लोकतन्त्र पार्टीको पोल्टामा ४८३ मत मात्रै परेको छ। 

आयोगको अन्तिम सूचीमा रहेको त्रिमुल नेपालले सबैभन्दा कम ४७४ मत प्राप्त गरेको छ।
पछिल्लो परिणाम अनुसार समावेशी समाजवादी पार्टी र जनता लोकतान्त्रिक पार्टी नेपालले भने १ हजार ५ मत प्राप्त गर्दै १ हजारको सीमा पार गरेका छन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप