शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन

मतगणना नसकिँदै सुदन गुरुङ विजयी

सोमबार, २५ फागुन २०८२, ११ : ००
सोमबार, २५ फागुन २०८२

सारांश

  • गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ।
  • सुदन गुरुङले २४ हजार ५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रेम कुमार खत्रीले १३ हजार ५११ मत ल्याए।
  • १० हजार ५ सय भन्दा कम मत गन्न बाँकी रहेकोले सुदनको जित सुनिश्चित भएको हो।

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ । ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजार बढी  मतगणना हुँदा सुदन गुरुङले  २४ हजार ५१ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १३ हजार ५११ मत मात्रै ल्याएका छन् । अब गन्न बाँकी १० हजार ५ सय भन्दा कम भएकोले सुदनको अग्रता १० हजार ५ सय भन्दा बढि रहेको छ । 

त्यसकारण अब बाँकी सबै मत उनका निकटतम प्रतिद्वन्द्वी खत्रीलाई जाँदा पनि सुदनले जित्नेछन् । गोरखा १ मा तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारी छन्, उनले १० हजार २३१ मत ल्याएका छन् भने चौथो स्थानमा रहेका नेकपा एमालेका आरसी लामिछानेले ३ हजार ८० मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप