केही भाष्य, जो यस निर्वाचनले नराम्रोसँग तोडिदियो
वर्तमान निर्वाचन प्रणालीबाट एउटै दलको बहुमत मात्र हैन, दुइ तिहाई बहुमत पनि सम्भव
सारांश
- प्रतिनिधि सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएको छ।
- निर्वाचनले पुराना दलहरूको दम्भ तोडेको छ र एकल बहुमत आउन नसक्ने मान्यतालाई खण्डन गरेको छ।
- चुनाव जित्न धेरै पैसा र वाक्पटुता चाहिन्छ भन्ने मान्यतालाई पनि यो निर्वाचनले गलत साबित गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको सरकार बनाउने गरी जनमत प्राप्त गरिसकेको छ ।
पुराना दलहरू यो निर्वाचनमा नराम्ररी पराजित भएका छन् । प्रजातन्त्रका लागि लडेका, जनताको अधिकारका लागि लामो सङ्घर्ष गरेका भन्नेजस्ता आधार देखाएर राजनीतिमा हाबी हुँदै आएका दलहरू यो निर्वाचनमा जनताको रोजाइमा पर्न सकेनन् ।
पुराना दल नै देशको राजनीतिक खम्बा हुन्, ती दलविना देशको राजनीति परिकल्पना गर्न सकिँदैन भन्ने खालको भाष्यलाई यो निर्वाचनले चिरिदिएको छ । एक प्रकारले पुराना दल र तिनका नेतामा रहेको दम्भ तोडिएको छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, विद्यमान निर्वाचन प्रणालीमाथि लगाइएको दोषलाई पनि यो निर्वाचनले खण्डन गरिदिएको छ । यो निर्वाचन प्रणाली अन्तर्गत कुनै एक दलको बहुमत आउन सक्दैन भन्ने भाष्य पुराना दल र ती दल समर्थक कथित विश्लेषकले स्थापित गर्दै आएका थिए ।
यो संविधान जारी भएपछि तीन वटा संसदीय निर्वाचन भयो । ०७४ को संसदीय निर्वाचनमा वामपन्थी गठबन्धन अन्तर्गत नेकपा एमाले र तत्कालीन माओवादी मिलेर उम्मेदवारी दिएका थिए । दुई दलबिचको गठबन्धनले बहुमत प्राप्त गरेको थियो । ०७९ को निर्वाचनमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दलले गठबन्धन बनाए । सोही गठबन्धनले बहुमत प्राप्त गर्यो । फागुन २१ मा सम्पन्न निर्वाचनमा दलहरूबिच गठबन्धन भएन । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले प्रस्ट बहुमत प्राप्त गरेको छ । त्यसैले यो निर्वाचन प्रणालीबाट कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न कठिन छ भन्ने भाष्यलाई हालै सम्पन्न निर्वाचनले तोडिदिएको छ ।
अहिलेको निर्वाचन प्रणाली महँगो छ र चुनाव जित्नका लागि करोडौँ रकम खर्च गर्नुपर्छ भन्ने भाष्यलाई पनि स्थापित गर्न खोजिएको थियो । पुराना दलका नेताहरू, कथित विश्लेषकहरूले समेत बेलाबखत यस्ता भाष्यलाई स्थापित गर्न समय खर्चिने गरेको पाइन्छ । यद्यपि यो निर्वाचनमा अर्बपति भनिएका उम्मेदवारसमेत पराजित भए भने आफ्नो पैसा खर्च गर्नु त परको कुरा, जनताले नै आफ्नो क्षमताअनुसार चन्दा दिएर महावीर पुनजस्ता उम्मेदवारलाई निर्वाचित गरिदिए । त्यसैले चुनाव जित्नका लागि उम्मेदवारले ठुलो रकम खर्च गर्नुपर्छ भन्ने भाष्य पनि यो निर्वाचनले चिरिदिएको छ ।
जनमत बटुल्नका लागि वाक्पटु क्षमताका धनीलाई सहज हुन्छ भन्ने खालको भाष्य पनि यो निर्वाचनबाट तोडिएको छ । तर्कका लागि तर्क गर्न सक्ने, मिठा शब्दजाल बुनेर भाषण गर्न सक्ने कला भएका कतिपय उम्मेदवारको तुलनामा रास्वपाका धेरैजसो उम्मेदवार बोल्दै नबोली जनमत बटुल्न सफल भए । महिला उम्मेदवार प्रत्यक्षतर्फ सफल हुन सक्दैनन् भन्ने भाष्यलाई पनि रास्वपाका महिला उम्मेदवारको सफलताले तोडिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण