सनीको फिल्म ‘लाहोर १९४७’ को नाम परिवर्तन
सारांश
- राजकुमार सन्तोषीको फिल्म 'लाहोर १९४७' को नाम परिवर्तन गरी 'बटवारा १९४७' राखिएको छ।
- भारत-पाकिस्तानबीचको तनावका कारण निर्माताले फिल्मको नाम परिवर्तन गर्ने निर्णय गरे।
- फिल्ममा सनी देओल, प्रिति जिन्टा, शबाना आजमी, र अली फजल मुख्य भूमिकामा छन्, र यो स्वतन्त्रता दिवसमा रिलिज हुनेछ।
मुम्बई । राजकुमार सन्तोषीको प्रतिक्षित फिल्म लाहोर १९४७ को शीर्षक परिवर्तन गरिएको छ। भारत र पाकिस्तानबिचको वर्तमान तनावलाई मध्यनजर गर्दै निर्माताहरूले विवादबाट बच्न फिल्मको नाम बदल्ने निर्णय गरेका हुन्।
अब यो फिल्म बटवारा १९४७ को नाममा सिनेमाघरमा आउनेछ। ईटाइम्सको रिपोर्टअनुसार कुनै एउटा सहरलाई मात्र केन्द्रित गर्नुभन्दा विभाजनको पीडा र मानवीय संवेदनालाई झल्काउन बटवारा शब्द उपयुक्त हुने देखिएकाले यो फैसला लिइएको हो।
गत हप्ता मात्रै यस निर्णयलाई अन्तिम रूप दिइएको र निर्माण पक्षले छिट्टै यसको औपचारिक घोषणा गर्ने तयारी गरेको छ। आमिर खानले निर्माण गरिरहेको यस फिल्ममा सनी देओल, प्रिति जिन्टा, शबाना आजमी, करन देओल र अली फजल जस्ता कलाकारको मुख्य भूमिका रहनेछ। फिल्मलाई यस वर्षको स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज गरिनेछ।
फिल्मको कथा प्रसिद्ध लेखक असगर वजाहतको नाटक ‘जिस लाहोर नई वेख्या, ओ जम्या ए नई’ मा आधारित छ। यसले विभाजनका बेला लखनऊबाट लाहोर पुगेर बस्ने एक मुस्लिम परिवारको संघर्ष र उनीहरूलाई बस्न दिइएको एक पुरानो हवेलीको कथा समेटेको छ।
'बोर्डर २' को भव्य सफलतापछि सनी देओल अहिले आफ्नो अर्को ठूलो प्रोजेक्ट ‘एन्टनी’ मा व्यस्त भइसकेका छन्। मुम्बईमा छायांकन सुरु भइसकेको यो हाइ-अक्टेन थ्रिलर फिल्ममा सनीको अपोजिटमा अभिनेत्री ज्योतिका देखिनेछिन् भने विजय वर्मा भिलेनको अवतारमा प्रस्तुत हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण