मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

इजरायलमा इरानी मिसाइल आक्रमण, १ जनाको मृत्यु

मर्नेको सङ्ख्या ११ पुग्यो
सोमबार, २५ फागुन २०८२, १६ : ३२
सोमबार, २५ फागुन २०८२

सारांश

  • इरानको मिसाइल आक्रमणमा इजरायलमा १ जनाको मृत्यु भएको छ।
  • इजरायलको येहुद क्षेत्रमा मिसाइल खसेपछि एक जना गम्भीर घाइते भएका छन्।
  • यस घटनासँगै युद्ध सुरु भएयता इजरायलमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।

तेल अभिभ । इरानबाट गरिएको मिसाइल आक्रमणमा इजरायलमा १ जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । इजरायलको मध्य क्षेत्रस्थित येहुद क्षेत्रमा मिसाइल खसेपछि उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यस घटनासँगै युद्ध सुरु भएयता इजरायलमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

इजरायली उद्धार सेवाका अनुसार ३० वर्षीय एक पुरुष छर्रा लागेर गम्भीर घाइते भएका छन् । उद्धार टोलीले उनलाई घटनास्थलमै प्राथमिक उपचार प्रदान गरेको जनाएको छ ।

यसअघि इरानबाट इजरायलतर्फ नयाँ मिसाइल लहर प्रहार भएको इजरायली सेनाले जनाएको थियो । त्यसपछि देशका विभिन्न क्षेत्रमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप