रुकुम पश्चिममा १२ मध्ये ९ उम्मेदवारको जमानत जफत
रुकुम–पश्चिम । रुकुम पश्चिमका १२ मध्ये ९ उम्मेदवारको जमानत जफत भएको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि ९ उम्मेवादरको धरौटी जफत भएको हो । कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नौ उम्मेदवारको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए ।
जिल्लामा ६२ हजार ९६७ मत खसेकामा कूल ५९ हजार ५२३ मत सदर भएको छ । यसको १० प्रतिशत अर्थात् पाँच हजार ९५३ मत ल्याउन नसक्दा नौ उम्मेदवारको जमानत जफत भएको हो । जमानत (धरौटी) जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेकपा (एमाले) का नन्दराम देवकोटा, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी, नेकपा (संयुक्त) का शेरबहादुर केसी, आम जनता पार्टीकी प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीका धनबहादुर किक रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शाहीले चार हजार ७६, नेकपा (एमाले) का देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का बुढाले ३६६, राष्ट्रिय प्रजातन्त्र पार्टीका खड्काले २२८, राष्ट्रिय जनमोर्चाका श्रेष्ठले १७०, उज्यालो नेपाल पार्टीका केसीले ८४, नेकपा (संयुक्त) का केसीले ५४, आमजनता पार्टीका नेपालीले ४५ र नेपाल मजदुर किसान पार्टीका विकिले १५ मत प्राप्त गरेका थिए ।
रुकुम पश्चिमबाट विजयी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्माले २१ हजार ६०९, नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले १६ हजार ६६१ र प्रगतिशिल लोकतान्त्रिक पार्टी उम्मेदवार जनार्दन शर्माले १४ हजार ३४६ मत ल्याएका थिए । निर्वाचन ऐनको दफा ७) (१) अनुसार प्रत्यक्ष निर्वाचनमा सहभागी उम्मेदवारले रु १० हजार धरौटी राख्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण