विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौँ पहिलो नम्बरमा
सारांश
- आईक्यू एयरका अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ।
- काठमाडौंको वायु गुणस्तर सूचकांक १८४ पुगेको छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्छ।
- प्रदूषणको मुख्य कारणमा सवारी साधन, सडक विस्तार र डढेलो रहेका छन्।
काठमाडौँ । वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ पछिल्लो तथ्याङ्कअनुसार नेपालको राजधानी काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ ।
पछिल्लो अपडेटअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १८४ पुगेको छ, जुन जनस्वास्थ्यका हिसाबले निकै ‘अस्वस्थ’ मानिन्छ । आज काठमाडौँ उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेको छ भने सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रदूषणको महसुस गरिरहेका छन् । मानिसहरूले आँखा पोल्ने, घाँटी चिलाउने र श्वासप्रश्वासमा असहजता हुने देखिन्छ ।
काठमाडौँपछि बङ्गलादेशको ढाका १७० एक्यूआईका साथ दोस्रो र भारतको कोलकाता १६९ एक्यूआईका साथ तेस्रो स्थानमा रहेका छन् । बढ्दो सवारी साधनको चाप, सडक विस्तारका क्रममा उड्ने धुलो र पछिल्लो समय देशका विभिन्न भागमा लागिरहेको वन डढेलोका कारण काठमाडौँको हावा विषाक्त बन्दै गएको विज्ञहरूको भनाइ छ ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिलेदेखि नै दम वा मुटुको समस्या भएका व्यक्तिहरूका लागि यो अवस्था निकै जोखिमपूर्ण रहेको चिकित्सकहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण