यी हुन् नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जितेका १८ निर्वाचन क्षेत्र (सूचीसहित)
सारांश
- प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित हासिल गरेको छ।
- रौतहट २ बाट मो. फिरदोस आलम, सुर्खेत १ बाट विष्णु बहादुर खड्का लगायतका नेताहरू विजयी भएका छन्।
- कांग्रेसले हिमाली जिल्ला र कम मतदाता भएका क्षेत्रमा पनि आफ्नो प्रभाव कायम राखेको छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसले मुलुकभरका १६५ निर्वाचन क्षेत्रमध्ये १८ क्षेत्रमा जित हासिल गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामा अनुसार कांग्रेसले यस पटकको १८ क्षेत्रमा जित हात पारेको हो ।
कांग्रेसका उम्मेदवारहरूमध्ये रौतहट क्षेत्र नं. २ का मो. फिरदोस आलम विजयी भएका छन् । उनल २९ हजार ५ सय २८ मत प्राप्त गरी जित दर्ता गराएका हुन् ।
त्यस्तै, सुर्खेत क्षेत्र नं. १ बाट विष्णु बहादुर खड्काले २६ हजार ८ सय ९७, कपिलवस्तु क्षेत्र नं. ३ बाट अभिषेक प्रताप शाहले २३ हजार ५ सय ३५ र जाजरकोट निर्वाचन क्षेत्र नं. १ बाट खड्क बहादुर बुढाले २० हजार १ सय ४२ मत ल्याएर विजयी भएका छन् । पाल्पा क्षेत्र नं. १ बाट १८ हजार ३ सय ३६ मतसहित सन्दीप राना, पाँचथर क्षेत्र नं. १ बाट १७ हजार २ सय ३३ मतसहित नरेन्द्र कुमार केरुङ र बाजुरा क्षेत्र नं. १ बाट १७ हजार १ सय ७३ मत प्राप्त गरी जनक राज गिरी निर्वाचित भएका छन् ।
त्यसैगरी डोटी क्षेत्र नं. १ बाट भरत बहादुर खड्काले १४ हजार ८ सय ९७ र इलाम क्षेत्र नं. १ बाट निश्कल राईले १४ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् । सोलुखुम्बु क्षेत्र नं. १ का उम्मेदवार प्रकाश सिंह कार्की १३ हजार १ सय ६६ मतका साथ विजयी हुँदा दैलेख क्षेत्र नं. १ बाट बासना थापाले १२ हजार ३ सय ७२ र तेह्रथुम क्षेत्र नं. १ बाट सन्तोष सुब्बाले ११ हजार ५ सय ६१ मत ल्याएर जित सुनिश्चित गरेका छन् । अछाम क्षेत्र नं. १ मा भरत कुमार स्वार १० हजार ७ सय ५९ मतका साथ र रसुवा क्षेत्र नं. १ मा मोहन आचार्य १० हजार ६ सय ५६ मतका साथ विजयी भएका छन् ।
कांग्रेसले हिमाली जिल्लाहरूमा पनि आफ्नो विरासत जोगाउन सफल भएको छ । हुम्ला क्षेत्र नं. १ बाट जय पति रोकायाले ८ हजार ७ सय १७ र मुगु क्षेत्र नं. १ बाट खड्ग शाहीले ७ हजार ९ सय १४ मत प्राप्त गरेका छन् । कम मतदाता रहेका मुस्ताङ र मनाङमा पनि कांग्रेसले वर्चस्व कायम राखेको छ, जहाँ मुस्ताङ क्षेत्र नं. १ बाट ३ हजार ३ सय ७ मतसहित योगेश गौचन थकाली र मनाङ क्षेत्र नं. १ बाट २ हजार ४ सय १५ मतसहित टेक बहादुर गुरुङ निर्वाचित भएका छन् । समग्रमा प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेस दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण