कुन कुन क्षेत्रमा बाँकी छ समानुपातिक मतगणना ?
सारांश
- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ।
- काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मतगणना सकियो।
- कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मतगणना जारी छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगको विवरण अनुसार अब देशभरका कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी छैन।
प्राप्त विवरण अनुसार काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भइसकेको छ। अन्य चारवटा प्रदेशका केही सीमित निर्वाचन क्षेत्रमा मात्र अब गणना जारी रहेको छ।
कहाँ–कहाँ सम्पन्न भयो मतगणना ?
आयोगको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको मतगणना सकिएको छ।
त्यसैगरी बागमती प्रदेशका रसुवा, सिन्धुली, दोलखा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकमा गणना सकिएको छ। कर्णाली प्रदेशका दैलेख, कालिकोट, सुर्खेत, हुम्ला, जुम्ला, मुगु, सल्यान, जाजरकोट, डोल्पा र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, दार्चुला, डडेलधुरा, बझाङ, डोटी, कैलाली, अछाम, बैतडी र बाजुरामा पनि मतगणना कार्य समाप्त भएको छ।
कहाँ–कहाँ जारी छ मतगणना ?
देशका बाँकी ४ प्रदेशका केही सीमित निर्वाचन क्षेत्रहरूमा मात्र मतगणना भइरहेको छ।
कोशी प्रदेश अन्तर्गत इलाम–१, सुनसरी–२, भोजपुर–१ का साथै ओखलढुङ्गा र संखुवासभामा मतगणना जारी छ। प्रदेशका अन्य सबै जिल्ला र क्षेत्रमा गणना सकिएको छ।
मधेश प्रदेशमा धनुषाका क्षेत्र नं १ र २, महोत्तरी–४ र सप्तरी–१ मा मतगणना चलिरहेको छ भने बाँकी सबै जिल्ला र क्षेत्रमा सम्पन्न भइसकेको छ।
गण्डकी प्रदेशमा गोरखाको क्षेत्र नं १ र २ मा मात्र मतगणना जारी छ। कास्की, तनहुँ, लमजुङ लगायतका अन्य सबै जिल्लामा गणना सकिएको छ।
लुम्बिनी प्रदेश यस प्रदेशमा बर्दिया-२ र नवलपरासी पश्चिम–१ मा मतगणना जारी रहेको छ। गुल्मी, दाङ, बाँके, रुपन्देही लगायतका बाँकी स्थानमा मतगणना कार्य समाप्त भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण