सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

‘मुक्तिपुर’को छायाङ्कन सुरु

मङ्गलबार, २६ फागुन २०८२, १३ : २१
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • चलचित्र 'मुक्तिपुर' को छायाङ्कन काठमाडौंको इन्द्रायणी मन्दिरमा सुरु भयो।
  • चलचित्रमा नाजिर हुसैन, गौरव पहारी, र आकृति बुढाथोकीको मुख्य अभिनय रहनेछ, जसमध्ये आकृतिले डेब्यु गर्दैछिन्।
  • यो फिल्म क्राइम रिभेञ्ज जनरामा आधारित छ र एक परिवारको कथा र बदलाको भावनालाई प्रस्तुत गर्नेछ।

काठमाडौँ । चलचित्र ‘मुक्तिपुर’को छायाङ्कन सुरु भएको छ । वसुन्धरामा अवस्थित इन्द्रायणी मन्दिरमा चलचित्रको शुभमुर्हूत गर्दै छायाङ्कन सुरु गरिएको हो । सुनिल पाण्डेको निर्देशन रहने चलचित्र साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा बन्ने लागेको हो ।

नाजिर हुसैन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेतीको अभिनय रहने  चलचित्रबाट अभिनेत्रीको रूपमा आकृति बुढाथोकी डेब्यु गर्दैछिन् ।

विजय राजवंशी र रोशन पासवान निर्माता रहेको चलचित्रमा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह – निर्माता छन् । सञ्जय गुरुङ र सुरज चौधरी लाइन प्रोड्यूसर रहेको चलचित्रमा सम्राट् बस्नेत द्वन्द्व निर्देशक रहँदा छायाङ्कन शरद महतोको रहनेछ ।

क्राइम रिभेञ्ज जनरामा तयार हुने फिल्मले बदलाको कथा बोल्नेछ । ‘एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्त्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात् उसले गर्ने सङ्घर्ष र सफलताको कथा फिल्मले बोल्नेछ’, निर्देशक पाण्डेले भने ।

कार्यक्रममा अभिनेता नाजिर हुसैनले ’मुक्तिपुर’ आफ्नो करियरको महत्त्वपूर्ण इट्टा रहने आत्मविश्वाससहित चलचित्रमा जोडिएको बताए । ‘हरेक चलचित्र मेरो लागि नयाँ होस् भन्ने चाहन्छु, उनले भने, यो चलचित्रले मेरो विगतको भन्दा भिन्न कथा र अभिनय दर्शकलाई पस्किनेछ ।’

 म्युजिक भिडियो अभिनयको अनुभव सँगालेकी बुढाथोकीले ठुलो पर्दाको अभिनयलाई उत्साहित रहेको बताइन् । ४० दिनको छायाङ्कन तालिकासहित फ्लोरमा निस्किएको चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप