भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला
मङ्गलबार, २६ फागुन २०८२, १५ : ३१
काठमाडौं । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण खड्का नेतृत्वको टोलीले ४१ राउण्ड गोली बरामद गरेको हो ।
थ्रिनट थ्रि राइफलको २० राउण्ड र अन्य विभिन्न हतियारमा लाग्ने थप २१ राउण्ड गोली भेटिएको भक्तपुरका एसपी सुर्य खड्काले रातोपाटीलाई बताए । सो गोली जेनजी प्रदर्शन हुँदा आन्दोलनकारीले प्रहरीका युनिटहरुबाट लुटेको आशंका गरिएको छ । सो गोली कुन प्रहरी युनिटबाट लुटिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको एसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण