मिसाइल प्रहारबाट थप एक जना इजरायलीको मृत्यु
काठमाडौँ । इरानले हानेको ब्यालिष्टिक मिसाइल लागेर इजरायलमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । सोमबार इरानले तेल अभिभ र आसपासको क्षेत्रमा गरेको मिसाइल आक्रमणमा परी थप एक जनाको मृत्यु भएको इजरायली आपतकालीन उद्धार सेवाले जनाएको छ । योसँगै इरानको आक्रमणमा परेर मर्नेको सङ्ख्या देशभरमा १२ पुगेको छ ।
आकस्मिक उद्धार सेवा जाकाका अनुसार सोमबार इरानबाट प्रहार गरिएको ब्यालेस्टिक मिसाइल तेल अभिभको दक्षिणतर्फ पर्ने येहुद क्षेत्रमा खसेको थियो । येहुदस्थित एक निर्माण स्थलमा काम गरिरहेका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो ।
गम्भीर घाइते भएका अर्का व्यक्तिलाई अस्पताल लगिएको थियो । तर उपचारका क्रममा पछि उनको पनि मृत्यु भएको जाकाले जारी गरेको वक्तव्यमा उल्लेख छ । सो मिसाइलमा क्लस्टर म्युनिसन प्रयोग गरिएको बताइएको छ, जसले एउटै मिसाइलबाट धेरै साना विस्फोटक फैलाएर एकैपटक विभिन्न स्थानमा क्षति पुर्याउँछ ।
यसैबिच इजरायलका विभिन्न सहरमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएपछि मानिसहरू सडक र राजमार्गमै आश्रय खोज्दै भागेका दृश्यहरू देखिएका छन् ।
यरुशलम र तेल अभिभ जोड्ने राजमार्गमा पनि सर्वसाधारणहरू आक्रमणको चेतावनीपछि सडक किनार र सुरक्षात्मक स्थानतर्फ दौडिएको दृश्य सार्वजनिक भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण