सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै

मङ्गलबार, २६ फागुन २०८२, १६ : २०
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई 'एनएक्स्टी २०२६' ग्लोबल समिटमा भाग लिन भारत जाँदै छन्।
  • नयाँदिल्लीमा मार्च १२ देखि १४ सम्म हुने समिटमा भट्टराई 'गेस्ट अफ अनर' का रूपमा सहभागी हुनेछन्।
  • सम्मेलनमा विश्व शासन, प्रविधि, अर्थतन्त्र लगायतका विषयमा छलफल हुनेछ, जसमा मोदी प्रमुख अतिथि हुनेछन्।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्स्टी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भोलि भारत प्रस्थान गर्ने भएका छन् ।

नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२, १३ र १४ मा आयोजना हुने सम्मेलनमा भट्टराई ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।

आयोजकका अनुसार विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्धलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

समिटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको सहभागिता रहने यस सम्मेलनलाई वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको आयोजकले जनाएको छ ।

सम्मेलनअन्तर्गत मार्च १४ बिहान १०:०५ बजे हुने “Democracy in the Age of AI: Digital Governance & The Youth” शीर्षकको सत्रमा भट्टराईले ‘गेस्ट अफ अनर एड्रेस’ दिने कार्यक्रम रहेको छ । उक्त सत्रमा डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे विचार प्रस्तुत गर्ने कार्यक्रम छ ।

भट्टराई फागुन ३० मा स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप