चैत पहिलो साताभित्रै ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने आयोगको तयारी
सारांश
- निर्वाचन आयोगले चैत पहिलो साताभित्र राष्ट्रपतिलाई प्रतिनिधिसभा निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ।
- प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ, जसमा रास्वपा १२५ सिट सहित अगाडी छ।
- समानुपातिक तर्फको मतगणना मंगलबार (आज) साँझसम्म सक्ने आयोगको तयारी छ।
काठमाडौँ । निर्वाचन आयोगले चैत पहिलो साताभित्र ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी आयोगले गरेको हो ।
प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ । प्राप्त नतिजानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार (महावीर पुन) सिटमा जितेका छन् ।
जारी समानुपातिक प्रणालीतर्फको मतगणना मंगलबार (आज) साँझसम्म सक्ने आयोगको तयारी छ । समानुपातिकतर्फ १ करोड ७७ लाख ७११ मत खसेको थियो । समाचार तयार पार्दासम्म १ करोड साढे ५ लाख हाराहारी मत गणना भइसकेको छ ।
आज मत गणना सकियो भने बुधबार (फागुन २७) गते राजनीतिक दलहरूलाई आफ्नो भागमा परेका समानुपातिक प्रणालीतर्फ सांसद् बन्नेहरूको सूची पठाउन आयोगले पत्राचार गर्नेछ । प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कानुनमा नै दलहरूलाई सूची पठाउन ३ दिन समय दिनुपर्ने व्यवस्था छ । त्यसो हुँदा आयोगले दलहरूलाई फागुन ३० गतेसम्मको समय दिनेछ । फागुनको महिला ३० गतेसम्मको भएकाले दलहरूले चैत १ गतेसम्म समानुपातिकतर्फ आफ्नो भागमा परेको सांसद हुने व्यक्तिहरूको सूची निर्वाचन आयोगलाई बुझाउने छन् । त्यसपछि आयोगले दलहरूले पठाएको सूचीमा कुनै त्रुटि भए/नभएको तथा संविधान र कानुनमा गरिएको कलस्टर मिले/नमिलेको अध्ययन गर्नेछ ।
नमिलेको भए नमिलाउने दललाई २ दिनको समय दिएर पुनः पत्राचार गर्ने आयोगले आन्तरिक क्यालेन्डर बनाएको छ । त्रुटि गर्ने दलहरूले त्रुटि सच्याएर पठाएपछि आयोगले कानुन अनुसार मिले/नमिलेको यकिन गरेर छिटोमा चैत ३ गते र ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरिरहेको छ ।
त्यसपछि एक दुई दिनमा प्रतिवेदन तयार गरेर राष्ट्रिपतिलाई बुझाउने तयारी आयोगको रहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘चैत पहिलो साताभित्र राष्ट्रपतिज्यूलाई ‘प्रतिनिधिसभा निर्वाचन प्रतिवेदन’ बुझाउने आयोगको तयारी छ,’ प्रवक्ता भट्टराईले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण