स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक ५ लाख नेपाली गरिबीको रेखामुनि : तोसिमा कार्की
काठमाडाैँ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनी पुगेको बताएकी छन् ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण प्रत्येक वर्ष करिव पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने अवस्था रहेको बताएकी हुन् ।
उनले स्वास्थ्य उपचारका क्रममा नागरिकले गर्ने खर्चमध्ये झन्डै ६० प्रतिशत रकम औषधि मै खर्च हुने गरेको उल्लेख गरिन् । नेपालमा औषधि सस्तो रहेको दाबी गरिएपनि व्यवहारमा नागरिकले ठुलो आर्थिक बोझ व्यहोर्नुपरेको उनको भनाइ छ ।
उनले औषधि र स्वास्थ्य सेवा दुबैलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् । कम गुणस्तरका औषधि वितरण गर्नु र त्यसको प्रभावकारी नियमन नगर्नु गम्भीर अपराध भएको उनले बताइन् । यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
उनले औषधि ऐनलाई पनि संसोधन गर्नुपर्ने समेत बताइन् । २०३५ सालमा बनेको औषधि ऐन अहिलेको समयानुकुल नभएको उनको भनाइ छ । उनले नेतृत्वमा इच्छाशक्ति नहुँदा र अनैतिक खेलका कारण कानुन संशोधनमा ढिलाई हुने गरेको बताइन् ।
बिक्री–वितरण आचारसंहिता लगायतको नीति लामो समयदेखि थन्किएर बसेको पनि उनको भनाए छ । उनले ३५ वटा औषधि उत्पादनमा नेपाल आत्मनिर्भर भएपनि आवश्यक स्वीकृति र नीतिगत निर्णय नहुँदा उत्पादन रोकिएर बसेको जानकारी दिइन्।
उनले आगामी सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक कानुनी सुधार गर्ने जानकारी दिइन् । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले स्वास्थ्य क्षेत्रमा सेवकको भुमिका निर्वाह गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण