अब बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्छ: खरेल
सारांश
- पूर्वमन्त्री जगदीश खरेलले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताए।
- खरेलले जेनजी आन्दोलनको जगमा निर्वाचन भएको भन्दै आगामी सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने बताए।
- उनले भ्रष्टाचार अन्त्य, सुशासन र युवा आन्दोलनको मर्मलाई रास्वपाले पूर्णता दिने कुरा गरे।
काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब बन्ने सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा जेनजी शहीद विनोद महर्जनको परिवारसँग भेट गर्दै खरेलले जेनजी आन्दोलनको जगमा निर्वाचन भएको भन्दै अव बन्ने सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका हुन् । ललितपुर २ मा रास्वपाका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका खरेलले वर्तमान सरकारले मन्त्रिपरिषद्बाट उक्त प्रतिवेदनका बारेमा आवश्यक निर्णय गर्ने विश्वास व्यक्त गरे । आयोगले सुझाएका कुरा, सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्नु आगामी सरकारको दायित्व समेत हुने उनको भनाइ छ ।
त्यस्तै खरेलले भ्रष्टाचार अन्त्य, सुशासन कायम र देशमा नै शिक्षा, रोजगारी, स्वास्थ्य लगायतका लागि भएको आन्दोलनको मर्मलाई गम्भीरतामा राखेर अघि बढ्ने स्पष्ट पारे ।
उनले युवाहरूले गरेको क्रान्तिलाई अव रास्वपाले पूर्णता दिने र मुलुकलाई परिवर्तन गरेरै छाड्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण