ग्यास वितरणको रेकर्ड राख्न र घरायसी प्रयोजनमा प्राथमिकता दिन निर्देशन
सारांश
- नेपाल आयल निगमले ग्यास वितरण प्रणालीलाई पारदर्शी बनाउन उद्योगी र बिक्रेतालाई निर्देशन दिएको छ।
- ग्यास उद्योगीहरूले कुन बिक्रेतालाई कति ग्यास पठाएको रेकर्ड राख्नुपर्नेछ भने बिक्रेताले उपभोक्ताको विवरण राख्नुपर्नेछ।
- निगमले घरायसी प्रयोजनलाई प्राथमिकता दिँदै ग्यास मौज्दात नगर्न र आवश्यकताअनुसार वितरण गर्न भनेको छ।
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको वितरण प्रणालीलाई थप पारदर्शी बनाउनका लागि विक्रि वितरणको रेकर्ड राख्न उद्योगी र बिक्रेतालाई निर्देशन दिएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार मंगलबार उद्योगी र बिक्रेताहरूलाई बोलाएर ग्यास वितरणको रेकर्ड प्रणालीमा कडाइ गर्न निर्देशन दिइएको हो।
उनकाअनुसार, अब ग्यास उद्योगीहरूले कुन बिक्रेतालाई कति ग्यास पठाएको हो, सोको स्पष्ट रेकर्ड राख्नुपर्नेछ। यसैगरी, बिक्रेताहरूले पनि कुन उपभोक्तालाई ग्यास बिक्री गरेको हो, उनीहरूको नाम र फोन नम्बरसहितको विवरण अनिवार्य रूपमा राख्नुपर्नेछ। प्रवक्ता ठाकुरले बिक्रेताहरूले उद्योगबाट ग्यास प्राप्त गरे पनि उपभोक्तालाई छैन भन्दै लुकाउने गरेको गुनासो बढेकाले रेकर्ड राख्ने प्रणालीमा कडाइ गरिएको जानकारी दिएका छन् ।
निगमले हालको अवस्थामा होटल तथा औद्योगिक प्रयोजनभन्दा ‘घरायसी प्रयोजन’ लाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ। ग्यासको मौज्दात ९स्टक० नराख्न र आवश्यकताका आधारमा मात्र वितरण गर्न पनि भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण