शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

पर्सामा प्रत्यक्षतर्फ १६ हजारभन्दा धेरै मत बदर

मङ्गलबार, २६ फागुन २०८२, १८ : ५३
मङ्गलबार, २६ फागुन २०८२

वीरगञ्ज । पर्सा जिल्लामा हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनमा १६ हजार ४ सय ३० मत बदर भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभर खसेको कुल मतको ६.३३ प्रतिशत मत बदर भएको हो । जनचेतनाको कमी तथा निर्वाचनबारे कम प्रचारप्रसारका कारण मतपत्र बढी बदर भएको कार्यालयले जनाएको छ । 

जिल्लाभरका चारवटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५९ हजार २ सय ६४ मत खसेको थियो । जसमध्ये १६ हजार ४ सय ३० मत बदर भएको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिए । 

क्षेत्रगत रूपमा हेर्दा, पर्सा क्षेत्र नम्बर १ मा ४ हजार ८१, क्षेत्र नम्बर २ मा ४ हजार ५ सय, क्षेत्र नम्बर ३ मा ४ हजार ७ सय ३० र क्षेत्र नम्बर ४ मा ३ हजार १ सय १९ मत बदर भएको कार्यालयले उल्लेख गरेको छ । 

गत २१ फागुनमा सम्पन्न निर्वाचनमा पर्साको क्षेत्र १ मा ६१ हजार ३०६, क्षेत्र २ मा ६५ हजार ८७८, क्षेत्र ३ मा ६७ हजार ११३ र क्षेत्र ४ मा ६४ हजार ९६७ मत खसेको थियो । यसरी हेर्दा बदर मतको संख्या हरेक क्षेत्रमा तुलनात्मक रुपमा उल्लेख्य देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप