सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

उम्मेदवारी निष्क्रिय गरेका कुँवरले पाए ४३ मत

मङ्गलबार, २६ फागुन २०८२, २२ : २९
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • बागलुङ क्षेत्र नम्बर २ मा प्रलोपाका उम्मेदवार पदमबहादुर कुँवरले ४३ मत प्राप्त गरे।
  • कुँवरले कांग्रेस उम्मेदवार टेकराज पौडेललाई समर्थन गर्दै प्रत्यक्ष र समानुपातिक मत कांग्रेसलाई दिने घोषणा गरेका थिए।
  • यस क्षेत्रमा १२ जना उम्मेदवारमध्ये आठ जनाको जमानत जफत भएको छ।

बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा उम्मेदवारी निष्क्रिय पारेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार पदमबहादुर कुँवरले ४३ मत पाएका छन् । उनले फागुन १३ गते नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई समर्थन गर्ने घोषणा गरेका थिए । 

अहिलेको निर्वाचन सामान्य नभएको र आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउने भन्दै प्रत्यक्ष र समानुपातिक मत कांग्रेसलाई दिने घोषणा गरेका थिए । 

यस क्षेत्रमा १२ जना उम्मेदवार रहेका थिए । जसमा श्रम संस्कृति पार्टीका हर्कबहादुर पुनले ५६४, जनता समाजवादी पार्टी पूर्ण बहादुर घर्ती मगरले ३१५, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाहीले २४३, नेशनल रिपब्लिक नेपालका नर बहादुर बुढाले १९७, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का लोकेन्द्र घिमिरे ७९ मत पाएका छन् ।

नेपाल मानवतावादी पार्टीका टेक प्रसाद कामीले ७६ मंगोल नेशनल अर्गनाइजेसनका जुन बहादुर थापा मगर २१ मत पाएका छन् । यस क्षेत्रका आठ उम्मेदवारको जमानत जफत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप