महावीरको जितले कांग्रेस–एमालेलाई जमानत जोगाउन सकस
सारांश
- म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले शानदार जित हासिल गरे।
- एमाले बलियो रहेको म्याग्दीमा कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै पुन विजयी भए।
- निर्वाचनमा १२ जना उम्मेदवारलाई पछि पार्दै पुनले २२ हजार ८५० मत प्राप्त गरे।
बागलुङ । सांगठानिक रूपमा हिमाली जिल्ला म्याग्दीमा नेकपा एमाले बलियो शक्ति मानिँदै आएको थियो । पछिल्लो डेढ दशक यताका निर्वाचनमा जित हासिल गर्नेमा एमाले अन्य दलभन्दा अगाडि छ ।
२०७० सालमा भएको दोस्रो संविधान सभादेखि हालसम्म आउँदा नेकपा एमालेले म्याग्दीमा तीन पटक जितेको छ भने नेपाली कांग्रेसले एक पटक । अहिले पनि एमाले जित निकाल्ने दाउमै थियो ।
पूर्वमन्त्री महावीर पुन एकाएक चुनावी मैदानमा आएपछि पुराना दललाई जमानत जोगाउन समेत हम्मेहम्मे भयो । यद्यपि कांग्रेस र एमाले जमानत जोगाउन सफल भए । पछिल्लो एक दशक नेपाली कांग्रेस र नेकपा एमालेले आलोपालो गरी सत्ताको रस्वादन गरिसकेका छन् । यसपालि पुराना दलको संसद् छिर्ने चाहनामा महावीरले ‘ब्रेक’ लगाइदिए ।
पुराना दल प्रतिकूल आयो चुनावी परिणाम
एउटामात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नयाँ तथा पुराना दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा थिए । सबै उम्मेदवारलाई स्तब्ध पार्दै स्वतन्त्र उम्मेदवार महावीरले सानदार जित निकाले ।
पुन २२ हजार ८५० मतसहित विजयी भए । अन्य सबै उम्मेदवार पाएको मत जोड्दा पनि महावीर अगाडि नै भए ।
नेकपा एमालेका हरीकृष्ण श्रेष्ठले ७ हजार ९१९, नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६७६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अर्जुन बहादुर थापाले ३ हजार ५२९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवराज रोकाले एक हजार ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्भर बहादुर सुवेदीले २५२ मत पाए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का क्षेत्रबहादुर घिमिरे १८५, श्रम संस्कृति पार्टीका विनोद रानाले १२७, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामीले ३८, नेशनल रिपब्लिक नेपालका तुल प्रसाद गर्बुजाले २७, राष्ट्रिय जनमोर्चाका छेम बहादुर वि.कले २२, मंगोल नेशनल अर्गनाइजेसनका भिम बहादुर लामाले ५ मत पाएका छन् ।
विगतमा कसले कति जित्यो ?
दोस्रो संविधान सभा सदस्य निर्वाचन र ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचन नेकपा एमालेले जितेको म्याग्दीमा ०७९ मा नेपाली कांग्रेसले जितेको थियो । २०७० सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नवराज शर्मा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका खमवीर गर्बुजालाई पराजित गरेका थिए ।
शर्माले १५ हजार ९५५ मत प्राप्त गर्दा कांग्रेसा गर्बुजाले १२ हजार ९०५ मत पाएका थिए । तेस्रो स्थानमा रहेको तत्कालीन एकीकृत नेकपा माओवादीका लोकेन्द्र विष्ट मगरले ६ हजार ४५० मत पाएका थिए । राप्रपाका भीमप्रसाद गौचनले तीन हजार ३३४ मत पाएका थिए । त्यस बेला कुल ४१ हजार १९६ मत खसेको थियो ।
संघीयता लागु भएपछि २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम गठबन्धनबाट नेकपा एमालेका भुपेन्द्र बहादुर थापा विजयी भएका थिए । उनले नेपाली कांग्रेसका खमविरलाई नै पराजित गरेका थिए । थापाले २३ हजार ३०८ मत प्राप्त गर्दा गर्बुजाले २० हजार ९८० मत प्राप्त गरेका थिए ।
म्याग्दीमा कुल ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार ८९३ अर्थात ५४.२७ प्रतिशत मात्रै मत खसेको थियो । प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ३ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ ३ हजार १७६ र समानुपातिकतर्फ १ हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
०७० र ०७४ मा लगातार हार व्यहोरेका कांग्रेस खमवीरले २०७९ मा बने विजय प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट खमवीरले नेकपा एमालेका हरिकृष्ण श्रेष्ठलाई पराजित गरेका हुन् । खमवीरले २४ हजार २१ मत प्राप्त गर्दा श्रेष्ठले २० हजार १८० मत पाएका थिए । अहिले पनि एमालेबाट उनै श्रेष्ठ चुनावी मैदानमा थिए ।
म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले महावीरलाई सघाएका थिए । महावीरको व्यक्तित्व र रास्वपाको साथले महावीर विजयी भएका हुन् । तर महावीरले रास्वपाको सहयोग भने अस्वीकार गर्दै आएका थिए । विभिन्न दल मिलर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अर्जुन बहादुर थापाले भने जमानतसमेत जोगाउन सकेनन् ।
म्याग्दीमा कुल ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार ८९३ अर्थात ५४.२७ प्रतिशत मात्रै मत खसेको थियो । प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ३ प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ ३ हजार १७६ र समानुपातिकतर्फ १ हजार ७१० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अघिल्लो निर्वाचनको तुलनामा अहिले दुई वटै प्रणालीको मत बदर दर बढेको जिल्ला निर्वाचन अधिकारी बिमल प्रसाद गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण