निर्माताले गरे ‘वेलकम ४’को पुष्टि
सारांश
- वेलकम फ्रान्चाइजीको चौथो भागको तयारी भइरहेको छ, निर्माता फिरोज नाडियाडवालाले पुष्टि गरे।
- फिल्मको स्क्रिप्ट अन्तिम चरणमा रहेको र एक्सन तथा संगीत विशाल हुने बताइएको छ, जसमा विभिन्न देशका कलाकार हुनेछन्।
- वेलकम टु द जङ्गल २०२६ मा रिलिज हुनेछ, जसमा अक्षय कुमार मुख्य भूमिकामा छन्, तर नाना पाटेकर भने छैनन्।
नयाँ दिल्ली । दर्शकहरू यतिबेला ‘वेलकम’ फ्रान्चाइजीको तेस्रो भाग ‘वेलकम टु द जङ्गल’ कहिले ठुलो पर्दामा आउला भनेर कुरेर बसिरहेका छन् । लामो समयदेखि फिल्म अड्किरहेको थियो । ‘वेलकम टु द जङ्गल’ रिलिज हुनुभन्दा अगाडि ‘वेलकम ४’को बारेमा महत्त्वपूर्ण जानकारी बाहिर आएको छ । निर्माताहरूले ‘वेलकम ४’ बनाइने पुष्टि गरेका छन् । यो फिल्ममा उदय र मजनुको रुपमा नाना पाटेकर र अनिल कपूरको पुनर्मिलन देख्न पाइएला कि त्यो भने हेर्न बाँकी नै छ ।
फ्रेन्चाइज निर्माता फिरोज नाडियाडवालाले ‘वेलकम ४’मा काम भइरहेको पुष्टि गरेका छन् । फिल्मको अर्काे अध्यायमा काम सुरु भइसकेको र स्क्रिप्ट हाल अन्तिम चरणमा रहेको उनले भनेका छन् । ई–टाइम्ससँगको एक अन्तर्वार्तामा फिरोज नाडियाडवालाले चौथो फिल्म यस अघिका फिल्मभन्दा अझ भव्य हुने बताएका थिए । उनले भने, ‘हामी पटकथाको अन्तिम चरणमा छौँ । हामीले योजना बनाएको सङ्गीत र एक्सन विशाल हुनेछ ।’ फिल्मको म्युजिक बहुसांस्कृतिक हुने अनि यसले मध्य पूर्व, अफ्रिका, संयुक्त राज्य अमेरिका र चीन जस्ता क्षेत्रका प्रतिभाहरूलाई एकसाथ ल्याउने पनि उनले बताए ।
फर्कन सक्छन् मजनु भाइ र उदय शेट्टी ?
फिल्मको कथा धेरै खलनायकहरू भएको हुने पनि उनले संकेत गरेका छन् । यसले फ्रेन्चाइज फिल्मका अन्य प्रतिष्ठित पात्रहरूको लागि चुनौतीहरू बढाउनेछ । उदय भाइ, मजनु भाइ र डा. घुंघरु जस्ता पात्रहरूको पुनर्मिलनको साथमा अन्य धेरै डनहरूको उपस्थितिले पर्दामा विस्फोटक अनुभव सिर्जना गर्न सक्ने नाडियाडवालाले भने ।
तयार भइसक्यो ‘वेलकम टू द जङ्गल’
कुराकानीको क्रममा, फिरोज नाडियाडवालाले ‘वेलकम टु द जङ्गल’को रिलिजमा भइरहेको ढिलाइलाई पनि सम्बोधन गरेका थिए । उनले अफवाहहरूलाई खारेज गर्दै फल्म पूरा भएको स्पष्ट पारे । यो बहु–स्टारर फिल्म अहमद खानद्वारा निर्देशित छ । अक्षय कुमार अभिनित वेलकम फ्रेन्चाइज २००७ मा शुरु भएको थियो । २०१५ मा आएको वेलकम ब्याकमा जोन अब्राहम शीर्ष भूमिकामा थिए । तर तेस्रो फिल्म ‘वेलकम टु द जङ्गल’सँगै अक्षय फ्रेन्चाइजीमा फर्किएका छन् । तर, नाना पाटेकर यस फिल्मको हिस्सा छैनन् । यस पटक फिल्ममा ठुलो स्टार कास्ट हुनेछ । फिल्म २०२६ को जुन २६ मा सिनेमाघरहरूमा रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण