होर्मुज जलडमरूमध्यमा कार्गो जहाजमा आगलागी
सारांश
- होर्मुज जलडमरूमध्यमा एउटा कार्गो जहाजमा अज्ञात प्रक्षेप्य प्रहारबाट आगलागी भएको छ।
- जहाजले आपतकालीन सहयोगको अनुरोध गरेको छ र चालक दल सुरक्षित स्थानतर्फ गएका छन्।
- इरानसँग सम्बन्धित युद्धका कारण होर्मुज जलडमरूमध्य क्षेत्रमा सुरक्षा जोखिम बढेको छ।
तेहरान । मध्यपूर्वको महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा एउटा कार्गाे जहाजमा आगलागी भएको छ । यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार अज्ञात प्रक्षेप्यले प्रहार गरेपछि उक्त जहाजमा आगो लागेको हो ।
समाचार संस्था रोयटर्सका अनुसार जहाजले आपतकालीन सहयोगको अनुरोध गरेको छ र चालकदलका सदस्यहरू जहाज छाडेर सुरक्षित स्थानतर्फ जाने प्रक्रिया सुरु गरेका छन् ।
यसैबिच बुधबार नै यस क्षेत्रमै अर्को एउटा जहाज पनि प्रक्षेप्य प्रहारबाट क्षतिग्रस्त भएको रिपोर्ट आएको यूकेएमटीओले जनाएको छ । विश्लेषकहरूका अनुसार इरानसँग सम्बन्धित युद्धका कारण होर्मुज जलडमरूमध्य क्षेत्रमा सुरक्षा जोखिम तीव्र बनेको छ ।
विश्वको ठुलो भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले यस्ता घटनाले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र समुद्री व्यापारमा गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण