म्याग्दीमा ९ उम्मेदवारले सकेनन् जमानत जोगाउन
बागलुङ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका ९ उम्मेदवारको जमानत जफत भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहितका उम्मेदवारको जमान जफत भएको हो ।
यस पटक म्याग्दीमा कुल १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६७६ मत पाएका थिए । पुन विशाल मतान्तरका साथ निर्वाचित हुँदा श्रेष्ठ र भण्डारीबाहेक अरु उम्मेदवारको जमानत जोगिन सकेन ।
नेकपाका अर्जुनबहादुर थापाले ३ हजार ५२९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवराज रोकाले १ हजार ५३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्भर बहादुर सुवेदी २५२, नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरेले १८५, श्रम संस्कृति पार्टीका विनोद रानाले १२७, प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामीले ३८, नेसनल रिपब्लिक नेपालका तुलप्रसाद गर्बुजाले २७, जनमोर्चाका छेमबहादुर विकले २२ र मङ्गोल नेशनल अर्गनाइजेशनका भीमबहादुर लामाले ५ मत पाए ।
जमानत जोगाउन कम्तीमा ४ हजार ३१६ मत ल्याउनु पर्ने थियो । निर्वाचन ऐनको परिच्छेद–१० अन्तर्गत दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
कुल ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार ३३६ मत खसेको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण