समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवार सिफारिस गर्न पत्राचार गर्दै आयोग
सारांश
- प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सकिएपछि निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न पत्राचार गर्नेछ।
- निर्वाचन आयोगले दलहरूलाई समानुपातिक उम्मेदवार सिफारिस गर्न आजै पत्राचार गर्ने जानकारी दिएको छ।
- दलहरूले सिफारिस गरेपछि, आयोगले समावेशिता रुजु गरेर समानुपातिक सांसदहरूको अन्तिम सूची तयार गर्नेछ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मत गणना (प्रत्यक्ष र समानुपातिक) सकिएसँगै निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गर्न आजै पत्राचार गर्ने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतगणना सकिएसँगै आयोगले दलहरूलाई आजै समानुपातिक उम्मेदवार सिफारिस गर्न पत्राचार गरिने जानकारी दिए।
‘मतगणना सम्पन्न भइसकेको छ । मतगणना सम्पन्न भइसकेपछि निर्वाचन आयोगले अहिले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन सङ्कलन गर्ने काम गरिरहेको छ’, प्रवक्ता भट्टराईले भने, ‘सम्बन्धित दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको सिट सङ्ख्या यकिन गर्दै उम्मेदवार सिफारिस गर्न दलहरूलाई आजै पत्राचार गरिनेछ ।’
दलहरूबाट उम्मेदवार सिफारिस भएर आयोगमा आएपछि सम्बन्धित क्लष्टर अनुसार कानुन बमोजिम समावेशी भए/भएको रुजु गरेर समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको अन्तिम सूची तय गरिने आयोगले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण