इथियोपियामा बाढीका कारण ४८ जनाको मृत्यु
काठमाडाैँ । दक्षिणी इथियोपियाको गामो क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको प्रहरीले बुधबार पुष्टि गरेको छ।
दक्षिण इथियोपिया क्षेत्रीय राज्य प्रहरी आयोगले एक विज्ञप्तिमा जारी गरी भनेको छ, “गामो अञ्चलका तीन जिल्लामा आएको प्राकृतिक विपत्तिबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ।
प्रहरीका अनुसार बाढीमा परी कम्तीमा ९५ जना बेपत्ता भएका छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
पूर्वी अफ्रिकामा पछिल्ला केही दिन यता ठुलो बाढी आएको छ ।राजधानी नैरोबी र अन्य क्षेत्रमा शुक्रबार परेको मुसलधारे वर्षाका कारण छिमेकी केन्यामा दर्जनौँको मृत्यु भएको छ।
धेरै अध्ययनहरूले विगत २० वर्षमा पूर्वी अफ्रिकामा अत्यधिक बर्षा र लामो खडेरी बढ्दो आवृत्तिलाई पछ्याइरहेको देखिन्छ ।
मानव–सञ्चालित जलवायु परिवर्तनले मुसलधारे वर्षाजस्ता गम्भीर मौसमी घटनाहरूको सम्भावना, लम्बाइ र गम्भीरता बढाइरहेको वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण