निर्वाचन आयोगले समानुपातिक तर्फको सिट सङ्ख्या अझै यकिन गर्न सकेन
सारांश
- निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सिट संख्या यकिन गर्न सकेको छैन।
- आयोगले बुधबार समानुपातिक मतको गणना गरे पनि सिट संख्या टुंगो लगाउन सकेको छैन।
- आयोगले आजै सिट संख्या यकिन गरी दलहरूलाई सूची पठाउने तयारी गरिरहेको छ।
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फ पाएको मतका आधारमा कति सिट पाउने भन्ने यकिन गर्न सकेको छैन । समानुपातिक प्रणालीतर्फको मत बुधबार गणना गरिसके पनि अहिलेसम्म कुन दलले कति सिट पाउने भन्ने यकिन गर्न नसकेको हो ।
आयोगको राजनीतिक दल महाशाखा प्रमुख सहसचिव (कानुन) का यज्ञप्रसाद भट्टराईले समानुपातिक मतका आधारमा दलहरूले पाउने सिट सङ्ख्या अझै यकिन भइ नसकेको जानकारी दिए । ‘समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सांसदको सङ्ख्या हामीले अझै यकिन गरिसकेका छैनौँ । इक्ज्याक्ट मत निकाल्ने र सिट सङ्ख्या टुङ्ग्याउने काम आज सक्ने गरी काम गरिरहेका छौँ,’ सहसचिव भट्टराईले रातोपाटीसँग भने ।
सिट सङ्ख्या यकिन भएपछि आजै दलहरूलाई सिट अनुसार कलस्टर मिलाएर सांसद बन्नेहरूको सूची पठाउन पत्राचार गर्ने तयारी पनि आफूहरूको रहेको भट्टराईले बताए ।
यसअघि बुधबार पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बुधबारै समानुपातिकतर्फको सिट संख्या यकिन गरेर दलहरूलाई पत्राचार गर्ने तयारी भइरहेको बताएका थिए । तर, दलहरूले पाएको मत निश्चित गर्न र सिट सङ्ख्या यकिन गर्न समय लागेकाले त्यो प्रक्रिया लम्बिएको आयोगका पदाधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण