बेरुतको समुद्र तटमा हवाई आक्रमण, ८ जनाको मृत्यु
बेरुत । बेरुतको समुद्रतटीय क्षेत्र रमलेत अल–बैदामा भएको हवाई आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ३१ जना घाइते भएको बताइएको छ । लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण बिहीबार स्थानीय समयअनुसार राति करिब १ बजे भएको हो । उक्त क्षेत्र इजरायली आक्रमणका कारण विस्थापित भएका मानिसहरू बस्दै आएको समुद्रकिनार र फुटपाथ रहेको बताइएको छ । समाचार एजेन्सी रोयटर्सले सार्वजनिक गरेको भिडियोमा आक्रमणपछि समुद्रकिनारमा गाडीका सिसा फुटेका, एम्बुलेन्सहरू पुगेका र ठूलो संख्यामा मानिसहरू जम्मा भएको दृश्य देखिएको छ ।
यसैबीच इजरायलले भने लेबनानभरि हिजबुल्लाह सँग सम्बन्धित संरचनामाथि व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अभिचय अड्राइका अनुसार उक्त कारबाहीमा हिज्बुल्लाहका दर्जनौँ रकेट प्रक्षेपण स्थलहरू नष्ट गरिएको र इजरायलतर्फ रकेट आक्रमणको योजना बनाइरहेका केही सदस्यहरू मारिएका छन् ।
इजरायलले बेरुतको दक्षिणी उपनगरमा रहेका १० वटा भवन पनि आतंकवादी मुख्यालयको रूपमा प्रयोग भइरहेको दाबी गर्दै त्यहाँ पनि हवाई आक्रमण गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण