स्याङ्जामा नकवजनी चोरीका फरार प्रतिवादी पक्राउ
बिहीबार, २८ फागुन २०८२, १२ : ३७
सारांश
- स्याङ्जा जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा पुतलीबजार नगरपालिकाका ३८ वर्षीय नारायण लामिछाने रहेका छन्।
- उनलाई २२ दिन कैद र ६ हजार जरिवाना सुनाइएको थियो, र फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरियो।
काठमाडौँ। स्याङ्जा जिल्ला अदालतबाट नकवजनी चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुतलीबजार नगरपालिका–१४ सतौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भनिने पूर्ण बहादुर लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले नियन्त्रणमा लिएको हो।
लामिछानेलाई अदालतले नकवजनी चोरीको कसुरमा २२ दिन कैद र ६ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि सजाय भुक्तान नगरी फरार रहँदै आएका उनलाई प्रहरीले खोजी गर्ने क्रममा पुतलीबजार नगरपालिका–१ स्थित प्रगतिनगरबाट फेला पारेको हो।
पक्राउ परेका लामिछानेलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण