नेपाल दुई शक्ति राष्ट्रबिचको चेपुवा होइन, गतिशील पुल बन्नुपर्छ : डा.बाबुराम भट्टराई
सारांश
- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा नेपालको भूराजनीतिक अवस्थाबारे धारणा राखे।
- उनले नेपाल दुई ठुला राष्ट्रलाई जोड्ने पुल बन्नुपर्ने र युवा नेतृत्व देशलाई समृद्ध बनाउन सक्षम रहेको बताए।
- भट्टराईले दक्षिण एसियाली मुलुकहरूले विकासका लागि सहकार्य गर्नुपर्ने र रणनीतिक रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा जारी प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ को प्रधानमन्त्रीस्तरीय राउन्ड टेबल सेसनमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको भू–राजनीतिक अवस्था र युवा नेतृत्वबारे धारणा राखेका छन्। उनले नेपाललाई अब दुई ढुङ्गाबिचको तरुल वा चेपुवामा परेको देशका रूपमा मात्र हेर्न नहुने तर्क गर्दै नेपाल दुई ठुला उदीयमान शक्ति राष्ट्रहरूलाई जोड्ने गतिशील पुल बन्नुपर्नेमा जोड दिएका हुन्।
विश्वको बदलिँदो राजनीतिक र आर्थिक व्यवस्थालाई मध्यनजर गर्दै साना देशहरूले आफ्नो रणनीतिमा परिवर्तन ल्याउनु अनिवार्य रहेको उनको ठहर छ। डा.भट्टराईले नेपालमा उदाउँदै गरेको जेनजी र युवा नेतृत्वप्रति गौरव व्यक्त गर्दै नेपाली युवाहरू देशलाई समृद्धिको दिशामा लैजान पूर्ण रूपमा सक्षम रहेको दाबी गरेका छन्।
प्रविधिको विकासले वसुधैव कुटुम्बकम् अर्थात् विश्व एक परिवारको अवधारणालाई व्यवहारमा उतार्न सजिलो बनाएको चर्चा गर्दै उनले नेपालले भारतको तीव्र आर्थिक वृद्धि र विकासबाट पर्याप्त लाभ लिन सक्नुपर्ने बताए । दक्षिण एसियाको गरिबी र अस्थिरताको मुख्य कारण स्रोतको अभाव नभई कमजोर संस्थागत संरचना र शासकीय असफलता भएको उनको विश्लेषण छ।
आफ्नो सम्बोधनका क्रममा भट्टराईले दक्षिण एसियाली मुलुकहरूले विकासका लागि आपसमा घनिष्ठ सहकार्य गर्नुपर्ने र विश्वव्यापी साझेदारीको फाइदा उठाउनुपर्नेमा जोड दिएका छन्। बदलिँदो विश्व परिवेशमा नेपालजस्ता देशहरूले रणनीतिक रूपमा आफूलाई अनुकूल बनाउँदै लैजानु नै बुद्धिमानी हुने उनले बताए। नयाँ दिल्लीमा भएको यो उच्चस्तरीय संवादमा डा। भट्टराईको विचारलाई दक्षिण एसियाली क्षेत्रीय राजनीतिमा एक सान्दर्भिक दृष्टिकोणका रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण