तत्कालीन शाखा अधिकृत लामिछानेलाई तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश
सारांश
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोप लागेको छ।
- तत्कालीन शाखा अधिकृत झन्कार लामिछानेलाई विशेष अदालतले साधारण तारेखमा राखेको छ।
- अख्तियारले लामिछाने लगायतलाई सीटी स्क्यान खरिद प्रक्रियामा मिलेमतोको आरोप लगाएको छ।
काठमाडौँ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सीटी स्क्यान मेसिन खरिद गर्दा ७ करोड ३१ लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन शाखा अधिकृत झन्कार लामिछानेलाई विशेष अदालतले साधारण तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले लामिछानेलाई साधारण तारेखमा राख्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामिछाने लगायतका प्रतिवादीहरूले आपसी मिलोमतोमा बदनियतपूर्वक सीटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाएको दाबी गरेको थियो ।
राष्ट्रिय स्तरको बोलपत्र को प्रावधान राखी आह्वान गरिए पनि पछि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र को प्रावधान घुसाइएको र बोलपत्रका सर्तहरू पूरा नगर्ने हिमालयन मेडिटेक प्रालिलाई छनोट गरी अमेरिकी डलरमा भुक्तानी दिने सम्झौता गरिएको आरोप लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण