‘स्ट्रेट अफ हर्मुज’ का बिषयमा आकस्मिक वार्ताका लागि आइएमओको आग्रह
काठमाडौँ । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) ले मध्य पूर्व र विशेषगरी स्ट्रेट अफ हर्मुजमा जहाजको खतराबारे छलफल गर्न अर्को हप्ता ‘विशेष सत्र’ बोलाउने बिहीबार जानकारी गराएको छ।
मार्च १८–१९ मा लन्डनस्थित आइएमओको मुख्यालयमा हुने बैठकमा यसका ४० सदस्यमध्ये ६ सदस्य बेलायत, इजिप्ट, फ्रान्स, मोरक्को, कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले अनुरोध गरेका थिए ।
यो बैठकको आह्वान विश्वव्यापी ऊर्जा आपूर्तिको अवरोधले ऊर्जाको मूल्यहरू बढाउने प्रक्षेपणबीच आएको हो । ‘स्ट्रेट अफ हर्मुज’ बाट विश्वव्यापी कच्चा तेलको पाँच भागको एक भाग आपूर्ति हुन्छ ।
इरानको जवाफी आक्रमणले ‘स्ट्रेट अफ हर्मुज’ भएर आवतजावत गर्ने कार्गो जहाज र यसका खाडी छिमेकीहरू विरुद्ध प्रभाव पारेपछि विश्व बजारमा इन्धनको मूल्य वृद्धि हुनुका साथै आपूर्तिको अभाव हुने देखिएको छ ।
बिहीवार, इराकमा दुई तेल ट्याङ्करहरूमा भएको आक्रमणमा कम्तिमा एक चालक दलका सदस्यको मृत्यु भएको थियो भने एक मालवाहक जहाजमा छर्रा लागेर आगलागी भएको थियो ।
इरानका नयाँ सर्वोच्च नेताले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्न आदेश दिएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्यभन्दा इस्लामिक गणतन्त्रको ‘दुष्ट साम्राज्य’ रोक्नु महत्वपूर्ण भएको बताएका छन् ।
तेलको मूल्य बिहीबार १०० डलरभन्दा माथि पुग्दा सम्बन्धित बस्तुको बजारले घाटा व्यहोरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण