सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

जेनजी आन्दोलनमा मन्त्री निवासमा आगजनी र लुटपाट : नयाँ मन्त्रीहरूलाई आवासको संकट

शुक्रबार, २९ फागुन २०८२, ०९ : १८
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनपछि मन्त्रीहरूका लागि सरकारी आवासको अभाव भएको छ।
  • भैँसेपाटीस्थित मन्त्री निवासमा आगजनी र तोडफोड हुँदा ठूलो क्षति पुगेको छ।
  • नयाँ मन्त्रीहरूका लागि वैकल्पिक व्यवस्था मिलाउन सरकारले गृहकार्य थालेको छ।

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन सकिएसँगै नयाँ सरकार गठनको तयारी भइरहँदा नवनियुक्त हुने मन्त्रीहरूका लागि सरकारी आवासको ठूलो अभाव देखिएको छ।

The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_1

ललितपुरको भैँसेपाटीस्थित नवनिर्मित मन्त्री निवास परिसरमा गत भदौ २४ गते भएको तोडफोड, लुटपाट र आगजनीले ठूलो क्षति पुर्‍याएपछि तत्काल त्यहाँ बस्न मिल्ने अवस्था छैन। करिब एक अर्ब ३४ करोड रुपियाँको लगानीमा तयार भएको यो अत्याधुनिक आवास क्षेत्र प्रयोगमा आएको एक वर्षमै भग्नावशेषमा परिणत भएको हो।

The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_2

सिंहदरबार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार २७ वटा भवन रहेको उक्त परिसर अहिले पूर्ण रूपमा क्षतिग्रस्त छ। आवास क्षेत्र बस्न अयोग्य भएपछि नयाँ मन्त्रीहरूका लागि वैकल्पिक व्यवस्था मिलाउने गृहकार्य सुरु गरिएको छ। काठमाडौँ उपत्यकामा आफ्नै घर भएका मन्त्रीहरूले निजी निवासमै बस्नुपर्ने र घर नहुने मन्त्रीहरूका लागि सरकारले घर भाडामा लिएर बस्ने व्यवस्था मिलाउने योजना बनाएको छ।

The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_3

क्षतिग्रस्त मन्त्री निवासको पुनर्निर्माणका लागि सरकारले प्रक्रिया अघि बढाइसकेको छ। कार्यालयले धेरै क्षति पुगेका भवनहरूको प्राविधिक अध्ययन गरी पुनर्निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरिसकेको जानकारी दिएको छ। योग्य निर्माण कम्पनी छनोट गरी सम्झौता भएपछि काम सुरु गरिने र चालु आर्थिक वर्षको असार मसान्तभित्रै पुनर्निर्माण सम्पन्न गर्ने सरकारी लक्ष्य छ।

The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_4The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_5The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_6The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_7The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_8The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_9The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_10The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_11The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_12The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_13The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_14The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_15The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_16The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_17The ministerial quarters in Bhaisepati_Nepal Photo Library_NPL_18

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप