फ्राइडे रिलिज: चुनावपछिको पहिलो प्रदर्शनमा 'लालिमा'
सारांश
- आज शुक्रबारदेखि देशभर फिल्म 'लालिमा' प्रदर्शनमा आएको छ, जसले एकल प्रदर्शनको अवसर पाएको छ।
- रोशनी कार्की मुख्य भूमिकामा रहेको फिल्ममा उषा रजक, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ।
- फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित छ, जसमा लालिमाको कथा र उनको आमाको भूमिकालाई प्रस्तुत गरिएको छ।
काठमाडौँ । आज शुक्रबारदेखि देशभर फिल्म ‘लालिमा’ प्रदर्शनमा आएको छ । चुनावका कारण अन्य फिल्म नहुदा यसले एकल प्रदर्शन अवसर पाएको हो ।रोशनी कार्कीको शीर्ष भूमिकामा रहेको फिल्ममा उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौलाको मुख्य भूमिका छ ।
फिल्मको निर्देशन रोशन मिराजले गरेका हुन् । मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित छ । फिल्ममा ‘लालिमा’को भूमिका रोशनीले निर्वाह गरेकी छन् । उनको आमाको भूमिकामा उषा छिन् ।
‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारगार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन्’ निर्देशक मिराजले थपे ।
फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको लेखक निर्देशक मिराज आफैँ गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण