समावेशी सिद्धान्तलाई व्यवहारमा आत्मसात् गर्न आग्रह
काठमाडौँ । नेपाल मतदाता अधिकार मञ्चले अब गठन हुने सरकारले संविधानमा व्यवस्था भएअनुसार समावेशी र समानुपातिकको पाटोलाई व्यावहारिक रूपमै कार्यान्वयनका लागि पहल गर्न सुझाव दिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त परिणामले नेपाली समाजको विविधता र समावेशी सिद्धान्तलाई व्यावहारिक रूपमा आत्मसात् गर्न नसकेकाले सरकारले त्यस पक्षलाई विचार पुर्याइ आगामी कदम चाल्न मञ्चले आग्रह गरेको हो।
नेपाल मतदाता अधिकार मञ्चद्वारा आयोजित कार्यक्रममा निर्वाचनमा भाग लिएका १३ वटा राजनीतिक दलको घोषणापत्र र चुनावी नतिजाप्रति तालमेल नभएको उल्लेख गरियो । मञ्चका अध्यक्ष भक्त विश्वकर्माले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ कतिपय राजनीतिक दलले समाजको विविधताअनुसार महिला, जनजाति र दलित समुदायबाट उम्मेदवारी न्यून दिएकाले जनसङ्ख्या अनुरुप नतिजा प्राप्त हुन नसकेको गुनासो गरे।
अधिकारकर्मी मनिष गौतमले १३ वटा पार्टीका चुनावी वाचापत्रको अध्ययन गर्दा केही नयाँ दलमा मात्र समावेशी चरित्र देखिएको बताए । उनले भने, “राजनीतिक दलले गठन गरेको चुनावी प्रतिबद्धतापत्र निर्माण कार्यदलमै पनि पुरुष वर्चस्व रहेकाले नतिजा जातीय दृष्टिकोणबाट समावेशी बन्न सकेन, घोषणापत्र समयमा नआउने, ढिलो ल्याइने हुँदा त्यसमा उल्लेख भएका विषयवस्तु के कति कार्यान्वयन भए वा भएनन् त्यसको अध्ययन र अनुगमन खाँचो छ ।”
अर्का अधिकारकर्मी कोपिला डङ्गोलले हालै सम्पन्न निर्वाचनबाट ठूलो सङ्ख्यामा युवा प्रतिनिधि सदनमा प्रवेश गरे तापनि नेपाली समाजले हेर्न चाहेको विविधता र रुपान्तरणको पाटो कमजोर नै रहेको प्रतिक्रिया दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण