विद्युतीय कारोबार ऐन उल्लंघन गरी फरार रहेका एक जना पक्राउ
सारांश
- सुकेधाराबाट विद्युतीय कारोबार ऐन अन्तर्गत फरार एक व्यक्ति पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा झापाका रविरत्न चुडाल रहेका छन्, जो विद्युतीय माध्यमको दुरुपयोगमा फरार थिए।
- प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि धरान पठायो।
काठमाडौँ । काठमाडौँको सुकेधारामा लुकिछिपी बसिरहेका विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४३ वर्षीय रविरत्न चुडाल रहेका छन्।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार सुकेधारा क्षेत्रबाटै पक्राउ गर्न सफल भएको हो।
विद्युतीय माध्यमको दुरुपयोग गरी कानुन विपरीतको कार्य गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएपछि उनी फरार रहँदै आएका थिए।
प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेकोमा सूचनाका आधारमा उनलाई काठमाडौँमा फेला पारिएको हो। पक्राउ परेका चुडाललाई आवश्यक कानुनी अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउनका लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण