बैंकिङ कसुरकी फरार प्रतिवादी पाण्डे पक्राउ
सारांश
- बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएर फरार ३१ वर्षीया सदिशा पाण्डेलाई प्रहरीले काठमाडौँको रानीवनबाट पक्राउ गरेको छ।
- जिल्ला अदालत काठमाडौँले पाण्डेलाई ३६ लाख ८२ हजार ९ सय ८० रुपैयाँ जरिवाना, ३ दिन कैद र क्षतिपूर्ति तिराउने फैसला गरेको थियो।
- चेक बाउन्स लगायतका बैंकिङ कारोबारमा ठगी गरेको पुष्टि भएपछि उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिइन्।
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी ३१ वर्षीया सदिशा पाण्डे (खनाल) लाई प्रहरीले काठमाडौँको रानीवनबाट पक्राउ गरेको छ। बर्दियाको राजापुर नगरपालिका–५ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएकी पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत काठमाडौँले २०८२ वैशाख ३ गते उनलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै सजाय सुनाएको थियो तर उनी फैसला कार्यान्वयनबाट बच्न लुकिछिपी बस्दै आएकी थिइन्।
अदालतले पाण्डेलाई ३६ लाख ८२ हजार ९ सय ८० रुपैयाँ जरिवाना, ३ दिन कैद र पीडित राहत कोषमा १ लाख ४७ हजार ३ सय १९ रुपैयाँ क्षतिपूर्ति जम्मा गर्नुपर्ने फैसला सुनाएको थियो। चेक बाउन्स लगायतका बैंकिङ कारोबारमा ठगी गरेको पुष्टि भएपछि उनीमाथि यो सजाय तोकिएको हो।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उनलाई गोप्य सूचनाका आधारमा उनकै निवास नजिकैबाट समातिएको हो। पक्राउ परेकी पाण्डेलाई तोकिएको कैद भुक्तान र जरिवाना असुलीको प्रक्रिया अगाडि बढाउनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बन्दसत्रमा देखिएनन् बालेन
-
रविले स्वीकारे पार्टीभित्र विवाद रहेको विषय, विवाद सडकमा नलैजान निर्देशन
-
रास्वपा महाधिवेशन : नेतृत्व चयनका लागि कडा मापदण्ड
-
सत्ताको लोभ र शक्तिको भोकले कांग्रेसको साख गिर्यो, अब जनताको भरोसा जित्नुपर्छ : गगन थापा
-
तस्बिरमा हेर्नुहोस्, निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको रास्वपाको बन्दसत्र
-
विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण