१० बजे १० समाचार : एमालेले गर्यो १६ जनाको नाम सिफारिस, संसदीय दलको नेता छान्दै रास्वपा
आज २०८२ फागुन ३० गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।
१. एमालेबाट समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस
नेकपा (एमाले)ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
२. कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आगामी आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिएको हो।
३. विद्युतीय गाडी दुर्घटनामा ७ जनाको मृत्यु
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
४. एनआरएनको १२औँ विश्व सम्मेलन सुरु
एनआरएनएको १२ औँ विश्व सम्मेलन काठमाडौँमा सुरु भएको छ । शनिबारदेखि सो संस्थाको १२ औँ विश्व सम्मेलन सुरु भएको हो ।
५. रास्वपाको सचिवालय बैठक सर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक आइतबार बस्ने भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान (आइतबार) का लागि तय भएको हो ।
६. लेबनानमा शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना
नेपाली सेनाले लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित रहेको बताएको छ । लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको खबर आएपछि सेनाले सो प्रतिक्रिया दिएको हो ।
७. ग्यास बिक्री वितरणका लागि निगमको पहल
नेपाल आयल निगमले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित बनाउन बिक्रेताले उपभोक्तालाई बिक्री गरेको ग्यासको विवरण अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ ।
८. शनिबार विशेष
९. साहित्य
१०. संसदीय दलको नेता छान्दै रास्वपा
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) संसदीय दलको नेता छान्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण