लेबनानमा शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना
सारांश
- लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।
- मेस अलजाबेलस्थित हेडक्वार्टरमा हवाई आक्रमण भए पनि सैनिक बङ्करमा सुरक्षित छन्।
- आक्रमण इरान र इजरायलबीचको तनावसँग सम्बन्धित रहेको बताइएको छ, जसमा मानवीय क्षति भएको छैन।
काठमाडौँ । नेपाली सेनाले लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित रहेकाे बताएकाे छ । लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको खबर आएपछि सेनाले सो प्रतिक्रिया दिएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली शान्ति सेनामाथि आक्रमण भएको भए पनि सैनिकहरु भने सुरक्षित रहेकाे जानकारी दिए । उनले सेनाकाे शिविरमा आक्रमण भएको बताउँदै आक्रमणबाट नेपाली सैनिक बस्ने घरमा सामान्य क्षति भएको बताए । आक्रमणमा मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।
‘नेपाली शान्ति सैनिक अहिले बङ्करमा सुरक्षित रूपमा बसिरहेका छन्, आक्रमणबाट सैनिक बस्ने घरमा सामान्य क्षति भएको छ, मानवीय क्षति भने भएको छैन’ प्रवक्ता बस्नेतले राताेपाटीसँगकाे कुराकानीमा बताए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शुक्रबार लेबनानको मेस अलजाबेलस्थित ब्लु लाइन नजिकै युएनमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको खबर प्रसारण गरेका थिए ।
अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि पश्चिम एसियामा युद्ध चर्किएको छ ।
सर्वोच्च नेता खामेनीको हत्या भएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबनानबाट इजरायलमा हवाई आक्रमण गरिरहेको छ । नेपाली शान्ति सैनिक माथिको आक्रमणबारे इजरायली सेनाले भने प्रतिक्रिया दिएकाे छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण