आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग, चैत १ गते शान्तिपूर्ण प्रदर्शन गर्ने
काठमाडौँ। जेनजी मुभमेन्ट नेपालले भदौ २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
संस्थाले शनिबार एक प्रेस वक्तव्य जारी गर्दै उक्त आन्दोलनका क्रममा भएका हत्या, आगजनी तथा हिंसात्मक घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ।
वक्तव्यमा ती दिन भएका घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरिएको छ। प्रतिवेदन सार्वजनिक नगरी सत्य लुकाउने वा दोषीलाई संरक्षण गर्ने प्रयास भएमा त्यसले जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध जाने चेतावनी पनि संस्थाले दिएको छ।
संस्थाका अनुसार आन्दोलनको मूल माग नै पारदर्शिता र उत्तरदायित्व भएकाले त्यससम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नहुनु पूर्ण रूपमा अस्वीकार्य हुनेछ। प्रेस वक्तव्यमा भनिएको छ, ‘ती दिन भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा नल्याएसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन सक्दैन।’
यस्तै, आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइनुपर्ने स्पष्ट धारणा पनि संस्थाले सार्वजनिक गरेको छ।
यसैबीच, प्रतिवेदन सार्वजनिक गर्न दबाब दिने उद्देश्यले भोलि चैत १ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने पनि मुभमेन्टले घोषणा गरेको छ । संस्थाका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा लोकतान्त्रिक मूल्य, पारदर्शिता र जवाफदेहिताको पक्षमा सबै नागरिकलाई एकजुट हुन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण