‘रास्वपा नेतृत्वको सरकारले एनआरएनए मन्त्रालय बनाउनुपर्छ’
सारांश
- एनआरएनएकी पूर्वअध्यक्ष रविना थापाले गैरआवासीय नेपालीका समस्या समाधानका लागि छुट्टै एनआरएनए मन्त्रालयको माग गरिन्।
- उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याएर देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिइन्।
- थापाले एनआरएनएभित्र देखिएका विवाद समाधान गर्दै सबैलाई एकजुट बनाउनुपर्ने बताइन्।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीहरूको बढ्दो संख्या र उनीहरूका समस्यालाई सम्बोधन गर्न छुट्टै ‘एनआरएनए मन्त्रालय’ गठन गर्नुपर्ने माग गरेकी छन्।
एनआरएनएको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष थापाले अब गठन हुने रास्वपाको नयाँ सरकारसँग गैरआवासीय नेपालीहरूको मामिला हेर्ने छुट्टै मन्त्रालयको आवश्यकता औँल्याएकी हुन्।
‘परराष्ट्र मन्त्रालय भनेको विदेशीहरूको कूटनीति गर्ने मन्त्रालय हो। गैरआवासीय नेपालीहरूलाई समन्वय गर्न र नेपाल आउँदा सानोतिनो कामको लागि पनि झन्झटिलो अवस्था छ,’ उनले भनिन्, ‘विमानस्थलको भिड हेर्दा बिदेसिने नेपालीको संख्या अझै बढ्ने देखिन्छ। त्यसैले अबको सरकारले एनआरएनए मन्त्रालय छुट्टै राख्नुपर्छ भन्ने मेरो जोडदार माग छ।’
सम्बोधनका क्रममा थापाले विदेशमा बस्ने नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याएर देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिइन्। नेपालमा अवसर नपाएर बिदेसिन बाध्य युवाहरूले विदेशमा सिकेको सीप र गरेको मेहनत पनि नेपालकै लागि ठूलो योगदान भएको उनको भनाइ छ।
‘हामी विदेशमा भए पनि बिहान उठ्ने बित्तिकै पहिला नेपालकै समाचार हेर्छौँ, यो हाम्रो नेपालीपन हो र हामी नेपाललाई सधैँ माया गर्छौं,’ उनले भनिन्।
नेपालमा जलविद्युत, कृषि र पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै उनले जलविद्युत उत्पादन मात्र नभई निर्यात गरेर देशलाई धनी बनाउन सकिने बताइन् । एनआरएनएले अहिले पनि नेपालका होटल र जलविद्युत क्षेत्रमा लगानी गरिरहेको र उपयुक्त वातावरण बने अझै धेरै लगानी भित्र्याउन सकिने उनले स्पष्ट पारिन्।
त्यसैगरी, एनआरएनएभित्र देखिएका आन्तरिक विवाद र असहमतिप्रति लक्षित गर्दै पूर्वअध्यक्ष थापाले संस्थाको मूल उद्देश्य नै सहमति र एकता रहेको स्मरण गराइन् ।
‘संस्थामा थुप्रै साथीहरू छुट्नुभएको महसुस भएको छ। हामी जहाँ गए पनि सहमतिमा जानु नै संस्थाको मूल उद्देश्य हो,’ उनले भनिन्, ‘अब फेरि पनि ती छुटेका साथीहरूलाई जोड्ने कोसिस गर्नुपर्छ। गैरआवासीय नेपालीहरू एक नभएसम्म देशमा समृद्धि ल्याउन गाह्रो हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण