पोखरामा ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना
पोखरा । पोखरामा ग्यास लुकाउने एक डिलरलाई जरिवाना गरिएको छ ।
एलपी ग्यास लुकाएर कृत्रीम अभाव सिर्जना गर्ने र सिलिण्डरबाट ग्यास सारिरहेको अवस्थामा उक्त डिलरलाई ५० हजार जरिवाना लगाइएको हो । जिल्ला प्रशासन सहितको अनुगमनका क्रममा बदमासी गरेको भेटिएपछि पोखरा ६ जरेबरस्थित भण्डारी ट्रेडर्सलाई कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
अनुगमनका क्रममा भण्डारी ट्रेडर्सले १४.२ केजी तौलका ४८ थान ग्यास सिलिन्डर लुकाएर राखेको पाइएको थियो । उक्त डिलरले एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित रंगेहात फेला पारिएको लम्सालले बताए । प्रशासनले भण्डारी ट्रेडर्समा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर पहिले आउने उपभोक्तालाई पहिले सेवाको आधारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
आगामी दिनमा ग्यासको परिमाणमा फेरबदल गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र अनावश्यक सञ्चय गर्ने जस्ता उपभोक्ता हितविपरीत कुनै पनि गतिविधि नगर्न सचेत गराइएको लम्सालको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित उक्त संयुक्त टोलीले पोखराका विभिन्न ५ वटा ग्यास डिलरहरूमा छड्के अनुगमन गरेको थियो । जसमध्ये ३ वटा ग्यास डिलरहरुमा ग्यासको मौज्दात र अनुचित भण्डारण नपाइएको प्रशासनले जनाएको छ ।
त्यस्तै, अर्को एउटा डिलरमा ७.१ केजीका ३ सय २४ थान ग्यास सिलिन्डर गाडीबाट झार्दै गरेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । कास्की प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र कालोबजारी रोक्न अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण