दुर्घटना
मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी दुर्घटना
शनिबार, ३० फागुन २०८२, २० : ५५
सारांश
- मनकामना दर्शन गरेर फर्केको माइक्रो बस धादिङमा दुर्घटनाग्रस्त भयो।
- शनिबार राति गोरखाको शहीदलखन गाउँपालिकामा भएको दुर्घटनामा केही भारतीय यात्रुको मृत्यु भएको छ।
- प्रहरी घटनास्थलमा पुगी उद्धार कार्यमा जुटेको छ र दुर्घटनाबारे थप विवरण आउँदैछ।
धादिङ । मनकामना दर्शन गरेर फर्केको माइक्रो बस (ईभी) दुर्घटनाग्रस्त भएको छ ।
शनिबार राति करिब ८ बजे गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा ईभी दुर्घटनामा परेको हो । १४ जना भारतीय यात्रुहरू सवार रहेको बुझिएको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बसमा चढेकामध्ये केहीको दुर्घटनामा मृत्यु भएको बुझिएको घटनास्थलबाट प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनास्थलमा नेपाल प्रहरी पुगी उद्धार कार्यमा खटिएको छ । घाइतेहरूलाई तनहुँको आबुखैरेनी अस्पतालमा राखिएको छ । दुर्घटनाबारे थप अपडेट आउने क्रममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण