किसानलाई सिँचाइको समस्या
सारांश
- सुनसरीका किसानहरू मकै र गहुँखेतीमा सिँचाइको समस्या भोगिरहेका छन्।
- नहरमा पानी नआउँदा र सप्तकोशीको सतह घटेकाले सिँचाइमा समस्या भएको हो।
- किसानहरूले शङ्करपुर शाखा नहरमा पर्याप्त पानीको माग गरेका छन्।
सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँ खेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, भोक्राहालगायत स्थानी तहमा मकै तथा गहुँ खेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको हो ।
सप्तकोसी नदीको सतह मुनि गएको र नहरमा पनि पानी नआएका कारण मकै तथा गहुँ खेती गरेका किसानलाई सिँचाइको समस्या भएको इनरुवा–६ का देवनारायण यादवले बताए । कतिपय बेलामा नहरमा पर्याप्त मात्रामा पानी हुने गरेको भए पनि सिँचाइ गर्नुपर्ने बेला पानी नहुँदा रु तीन लाख ५० हजारको लागतमा सात बिघामा मकैखेतीमा सिँचाइ गर्न समस्या भएको उनले गुनासो गरे ।
मकैखेती गरेको भए पनि अहिले सिँचाइ अभावका कारण मकैको बोट नै सुक्ने अवस्थामा पुगेको स्थानीय किसानको भनाइ छ । नहरको पानीका भरोसामा मकै तथा गहुँ बाली लगाएको भए पनि नहरमा पानी पर्याप्त मात्रामा नआउने गरेकाले समस्या भएको किसान माधव भण्डारीले बताए ।
शङ्करपुर शाखा नहरमा सिँचाइका लागि पानीको माग गर्दै आएको भए पनि पालो सिष्टममा पानी आउने गरेका कारण पर्याप्त मात्रामा बालीमा सिँचाइ गर्न नपाउने गरेको पीडित किसानको गुनासो छ । हजारौँ हेक्टरमा लगाएको मकै, गहुँ र तरकारी बाली सिँचाइ अभावमा सुक्न लागेकाले शङ्करपुर शाखा नहरमा पर्याप्त पानीको मागसमेत किसानले गरेका छन् ।
जिल्लामा यस वर्ष १२ हजार ६३ हेक्टर क्षेत्रमा गहुँ खेती र सात हजार ५२० हेक्टर क्षेत्रफलमा मकैखती गरिएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण