हारको कारणसहित चैत ३ भित्र समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा सोचेअनुसारको नतिजा ल्याउन नसकेपछि हारको कारणसहितको समीक्षा प्रतिवेदन माग गरेको छ।
- पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश, जिल्ला कार्यसमिति र उम्मेदवारहरूलाई अनुशासन समिति गठन गर्न निर्देशन दिएको छ।
- कांग्रेसले निर्वाचन परिणामको समीक्षा, पराजयका कारण, र आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटेर प्रतिवेदन पठाउन आग्रह गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश, जिल्ला कार्यसमिति र उम्मेदवारहरूलाई परिपत्र गर्दै तत्काल अनुशासन समिति गठन गर्न र हारको कारण खोजेर केन्द्रमा पठाउन निर्देशन दिएको हो।
महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनमा परिणाम निराशाजनक आएको उल्लेख गर्दै आत्मसमीक्षाको विषय बनाउन आग्रह गरिएको छ ।
नेपाली कांग्रेसको विधान, २०१७ को धारा ३४ बमोजिम तत्काल जिल्ला र प्रदेश अनुशासन समिति गठन नगरेको भए गठन गरी संयोजक तथा सदस्यहरूको नाम र सम्पर्क नम्बरसहितको आधिकारिक विवरण केन्द्रीय कार्यालयमा पठाउन परिपत्रमा भनिएको छ।
निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटेर प्रदेश, जिल्ला र प्रतिनिधि सभाका उम्मेदवारहरूले आआफ्नो तर्फबाट विस्तृत प्रतिवेदन केन्द्रमा पठाउन आग्रह गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन आगामी चैत्र ३ गतेभित्र अनिवार्य रूपमा पठाइसक्न समयसीमा समेत तोकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण