मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

फिल्म ‘टेम्के’ शुभमुहूर्त, छायाङ्कन चैत्रको दोस्रो साता

आइतबार, ०१ चैत २०८२, १० : २७
आइतबार, ०१ चैत २०८२

सारांश

  • काठमाडौँमा 'टेम्के' फिल्मको निर्माण सुरु भएको छ, जसको शुभमुहूर्त सम्पन्न भयो।
  • चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको औपचारिक शुभारम्भ गरे।
  • फिल्ममा शिव श्रेष्ठ, अर्जुन थापा लगायतका कलाकारको अभिनय रहनेछ र छायाङ्कन काठमाडौँ र भोजपुरमा हुनेछ।

काठमाडौँ । फिल्म ‘टेम्के’ निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमका बिच फिल्मको  शुभमुहूर्त गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको औपचारिक शुभारम्भ गरे ।

आर.डी.एस.नेपालले प्रस्तुत गर्न लागेको फिल्मको निर्देशन देवप्रसाद धिमालले गर्दैछन् । धिमालकै निर्माणमा बन्न लागेको फिल्ममा भोला सुवेदी (प्रणप), राजनजंग थापा र जित शेरचन कार्यकारी निर्माताको रूपमा छन् ।

फिल्ममा शिव श्रेष्ठ, अर्जुन थापा, प्रितिका शर्मा, कृष्णप्रसाद धिताल, रिना गुरुङ, सरु कार्की, श्रीदेव भट्टराई, गोकुल सुवेदी, सावित्रा चिलवाल, सृजना बुढा, अभिषेक फुयाँल, रविना दुलाल र विवेक खड्का लगायतका कलाकार अभिनय रहनेछ ।

निर्माण पक्षका अनुसार फिल्मको छायाङ्कन काठमाडौँ तथा भोजपुरका विभिन्न स्थानमा गरिनेछ । छायाङ्कन चैतको दोस्रो साताबाट सुरु हुनेछ । नेपाली समाजकै कथा फिल्मले पस्किने बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप