रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने
गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडक खण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने सुरु भएसँगै यही चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाको पत्रअनुसार उक्त राजमार्गको अतिसंवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक कटिङ गर्ने क्रममा ढुङ्गा खस्ने जोखिम बढ्न सक्ने र दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैह्रेले जानकारी दिएका छन् ।
प्रशासनले उक्त सडक स्तरोन्नतिको गर्दा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी यातायात सञ्चालन र आवागमन गर्न आग्रह गरेको छ । कार्यालयले वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
कार्यालयले उक्त कार्यमा आवश्यक सहयोग एवं सहजीकरणका लागि मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई समेत पत्राचार गरेको छ । प्रशासनले सार्वजनिक रूपमा सूचना जारी गरी उक्त सडक एक महिनाका लागि २४सै घण्टा बन्द रहने जनाएको हो ।
सडक डिभिजन कार्यालयले गत माघ २६ देखि फागुन १५ गतेसम्म २० दिन आंशिक रूपमा बन्द गरी सडक स्तरोन्नतिको काम गरेको थियो । जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने उक्त सडक गुल्मीको वामीटक्सारबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको बुर्तिबाङसम्म सवारीसाधन ओहोरदोहोर गर्ने मुख्य सडकअन्तर्गत पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण