रूसको तेल केन्द्रमा आगलागी
सारांश
- क्रास्नोडार क्षेत्रको तेल केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा आगलागी भएको छ।
- आगलागीमा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
- यसअघि पनि टिखोरेत्स्कस्थित तेल पम्पिङ स्टेसनमा युक्रेनी ड्रोनले आक्रमण गरेका थिए।
काठमाडौँ । रूसको दक्षिणी क्षेत्रमा पर्ने क्रास्नोडार क्षेत्रमा रहेको एक तेल केन्द्रमा आगलागी भएको छ । ड्रोनको भग्नावशेष खस्दा सो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । आइतबार भएको घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ ।
अधिकारीहरूका अनुसार आकाशमै खसालिएको एक ड्रोनका टुक्रा तेल केन्द्रमा खस्दा आगलागी सुरु भएको थियो । प्रभावित तेल केन्द्र टिखोरेत्स्क नजिक रहेको बताइएको छ ।
उक्त क्षेत्र यसअघि पनि ड्रोन आक्रमणको निशानामा परेको थियो । गत बिहीबार युक्रेनी ड्रोनले टिखोरेत्स्कस्थित एक तेल पम्पिङ स्टेसनमा आक्रमण गरेका थिए। त्यसबेला लागेको आगो शुक्रबार मात्रै नियन्त्रणमा आएको थियो ।
पछिल्लो घटनामा क्षति पुगेको केन्द्र सोही स्थान हो वा फरक हो भन्नेबारे अधिकारीहरूले स्पष्ट पारेका छैनन् । टिखोरेत्स्क केन्द्र दक्षिणी रूसका सबैभन्दा ठुला तेल हबमध्ये एक मानिन्छ । यही केन्द्रबाट कृष्ण सागरको प्रमुख बन्दरगाह नोभोरोसिस्कतर्फ पेट्रोलियम पदार्थ आपूर्ति हुने मुख्य मार्ग रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण