नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा
सारांश
- नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा 'हेर्न नभ्याइने' सूचीमा राखिएको छ।
- गगन थापा सभापति चयन भएपछि शेरबहादुर देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो।
- सर्वोच्चले सुनुवाइका लागि अग्राधिकार प्रदान गरे पनि आइतबार सुनुवाइ सरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । उक्त इजलासको २२ नम्बरमा तोकिएको पेसी ‘हेर्न नभ्याइने’ मा राखिएको छ । आइतबार यो मुद्दा ‘हेर्न नभ्याइने’ मा परेपछि सुनुवाइ सरेको छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएसँगै निर्वाचन आयोगले आधिकारिकता दिने निर्णय गरेपछि सो विरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले माघ ६ गते कारण देखाऊ आदेश जारी गर्दै सबै पक्षसँग लिखित जवाफ माग गरेको थियो । सर्वोच्चले अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको थियो ।
निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउँदै देउवा पक्ष अदालत गएको थियो । देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण